दिपक राज दिर्घायु
कार्तिक ०१ मंगलबार,२०७९
बैतडी–सोमबार नेपाल प्रहरीले ६७ औँ प्रहरी दिवस मनाईएको छ । प्रहरीले बिभिन्न कार्यक्रमका साथ प्रहरी दिवस मनाएको हो ।
यसैगरि प्रदेश प्रहरी कार्यालयले कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रममा बिपत ब्यवस्थापन गुल्म महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक नरपति भट्टलाई पुरस्कृत भएका हुन। उनलाई सुदूरपश्चिम प्रदेशका कानुन मन्त्रि डा. रण बहादुर रावलद्धारा पुरस्कृत गरिएको हो।
प्रहरी संगठनमा ईमान्दारिताका साथ आफ्नो जिम्मेबारीको कार्य कुशलतापूबर्क गरेकोमा पुरस्कृत गरिएको हो ।
बैतडीको मेलौली नगरपालीका–०७ घर भएका प्रहरी निरिक्षक भट्ट बिगत २६ बर्षदेखि नेपाल प्रहरीको संगठनमा आबद्ध छन ।
प्रहरी संगठनको स्थापना भएको दिनको समझनामा सोमबार देशभरि ६७ औँ प्रहरी दिवस बैतडीमा मनाइएको हो । प्रहरी संगठनको स्थापना विसं २०१२ साल असोज ३१ गते भएको थियो । प्रहरी ऐनमा तत्कालीन राजा महेन्द्रबाट लालमोहर लागेको दिनलाई प्रहरीले आफ्नो संस्थाको जन्मदिन मानेर २०५२ सालदेखि प्रहरी दिवस मनाउदै आएको छ ।