बैतडीको मेलौली नगरपालिकामा लागेको तालाबन्दी खुलाउने प्रयास


कात्तिक ४, शुक्रबार २०७९
बैतडी – बैतडीको मेलौली नगरपालिकामा लागेको ताला खुलाउने प्रयास भइरहेको छ। ।
तिहार भन्दा अगाडी नगरकार्यपालिकाको बैठक नराख्ने र अस्पातालको विषयमा बार्ता टोली बनाएर छलफल गर्ने गरि आन्दोलन कर्ताहरुलाई ताला खोल्न आग्रह गरिरहेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद जोशीले बताए ।

बार्ता टोली बनाएर अस्पताल विवाद समाधान गरिने उनले बताए। हरेक विवाद बार्ता र सम्वादबाट समाधान भएका उल्लेख गर्दै प्रमुख प्रशासकिय अधिकृत जोशीले पालिकाको अस्पताल विवाद पनि बार्ताबाट समाधान गर्ने तिर लागि परेका बताए ।

आफु विवाद समाधानको बतावारण सिर्जना गरिदिने र यसमा स्थानीय जनप्रतिनिधिहरुले छलफल गरेर आवश्यकताका आधारमा अस्पताल निर्माणका लागि निर्णय गर्नु पर्ने उनको भनाई थियो ।

१५ शैय्याको अस्पताल तोकिएको ठाउँमा निर्माणको माग गर्दै वडा नं १ का स्थानीयहरुले बिहीबार पालिकामा तालाबन्दी गरेका थिए। तला बन्दी अहिले सम्म खुलेको छैन् ।
लामो समयदेखी अस्पताल वडा नं १ मा बनाउने वा वडा नं ७ मा बनाउने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.