कात्तिक ४,शुक्रबार २०७९
दार्चुला – दार्चुलामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली अम्कुर भिटाच्युरा बस्ने ३१ वर्षीय जयदेब जोशीको अम्कुर र गराडी गाउँको बिचमा पर्ने लिसिनि भीरबाट खसेर मृत्यु भएको हो ।
शुक्रबार (आज) विहानै डोका ल्याउन लेकम गाउँपालिका वडा नम्बर २ गराडी जान्छु भनी हिडेका जोशी लडेर भिरमा अड्किएको अवस्थामा मृत फेला परेको आफन्तजनले बताएका छन् । जोशीको अल्पायुमै ज्यान गएपछि परिवार बिचल्लीमा परेको छ ।
सगुन खबर