केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रको एक्स–रे मेसिन बिग्रियो, विरामीलाई समस्या

दिपक राज दिर्घायु
कार्तिक ०४ शुक्रबार,२०७९

बैतडी–मेलौली नगरपालीका–०८ कोटिगाउका गौरब राम लुहारको बिहीबार साझ घर छेउको कान्लाबाट लडेर खुट्टामा चोट लाग्यो । खुट्टामा चोट लागिसकेपछि शुक्रबार बिहानै उपचारको लागि मेलोलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे । तर स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन बिग्रिएका कारण उनको उपचार हुन सकेन ।

एक्स–रे मेसिन बिग्रिएकै कारण उनको उपचार हुन नसकेपछि जिल्ला अस्पताल बैतडी अथवा डडेल्धुरा अस्पताल जान स्वास्थ्य केन्द्रका स्वास्थ्यक्रमिले सुझाप दिए ।
एक महिना अघिदेखि बिग्रिएको एक्स–रे मेसिन मर्मत नहुँदा बिरामीले सास्ती खेप्नु परेको बिरामीका आफन्तले गुनासो गरका छन्।

स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन बिग्रिँदा विरामीलाई झनै समस्या भएको छ । एक मात्रै एक्स–रे मेसिन रहेको स्वास्थ्य केन्द्रमा एक्स–रे गर्नुपर्ने खालका बिरामीको उपचारमा समस्या हुदा सेवाग्राही मार्कामा परेका हुन ।

स्वास्थ्य केन्द्रको एक्स–रे मेसिन बिग्रीएका कारण आर्थिक अवस्था कमजोर भएका बिरामी बढी समस्या पर्ने गरेका छन । रेफर गरेर सुविधा सम्पन्न अस्पतालमा जाँदा झन धेरै खर्च लाग्ने भएकाले सेवाग्राही समस्यामा पर्दै गईरहेका हुन ।

स्वास्थ्य बिमा कार्यक्रम मार्फत उपलब्ध भएको मेसिन बिग्रएिपछि सेवा प्रबाह गर्नमा समस्या भएको प्राथमिक स्वास्थ्य केन्द्रका जन स्वास्थ्य निरिक्षक मुकेशकान्त दयालले बताए । एक्स–रे मेसिन मर्मतको लागि जिल्ला स्वास्थ्य कार्यालय बैतडीलाई खबर गरिएको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीले तिहार लगत्तै एक्स–रे मेसिन मर्मत गर्ने उनले बताए । स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन मात्रै नभई दरबन्दी अनुसारका कर्मचारी नहुदा अन्य उपचारमा समेत समस्या हुदै आएको छ ।

जिल्लाका तीनवटा स्थानीय तह पञ्चेश्वर र शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाको रेफरल सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयले स्वास्थ्य उपचार पाउन सकेका छैनन् ।

Leave A Reply

Your email address will not be published.