मेलौली नगरपालीकामा लागेको ताला अझै खुल्न सकेन्

मेलौली न्यूज
कार्तिक ०४ शुक्रबार,२०७९

बैतडी–मेलौली नगरपालिकामा लागेको ताला अझै खुल्न सकेको छैन। अस्पातालको बिबाद साम्य र नगरपालीकामा लागेको ताला खोल्न आज छलफल गरिएको भएपनि छलफल निष्कर्ष विहिन बनेको हो।

बिबाद सकाउन भोलि फेरि बैठक बस्ने नगर प्रमुख भिम बहादुर चन्दले बताए । लामो समयको विवादले अस्पताल बन्न नसकेको स्मरण गर्दै उनले अब अस्पताल निमार्ण हुनु पर्नेमा जोड दिएका छन। छलफलबाटै यो विवाद समाधान गरिने उनको भनाई रहेको छ ।

१५ शैय्याको अस्पताल तोकिएको ठाउँमा निर्माणको माग गर्दै मेलौली नगरपालीका–०१ का स्थानीयहरुले बिहीबार पालिकामा तालाबन्दी गरेका थिए । लामो समयदेखी अस्पताल मेलौली १ मा बनाउने कि मेलौली–०७ मा बनाउने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.