कात्तिक ५, शनिबार २०७९
बैतडी- बैतडीको मेलौली नगरपालिकामा अस्पताल निर्माणका लागि वडा नं १ बासीले राखेको मागप्रति बिभिन्न राजनितिक दलहरुले पनि ऐक्वबद्धता जनाएका छन् ।आज एक ज्ञिप्ती जारी गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरीक समाजका प्रतिनिधिहरुले ऐक्वबद्धता जनाएका हुन् ।
२०७० सालमै जग्गा हस्तान्त्रण भएको वडा नं १ को बिठ्ठेनामा १५ रोपनी जग्गा उपलब्ध गराइएको थियो । जग्गा हस्तान्त्रण गरेपछि तत्कालिन जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला परिषद, स्वास्थ्य सेवा विभाग हुदै स्वास्थ्य मन्त्रालयबाट समेत बिठ्ठेनामै १५ शैयाको अस्पताल बनाउन स्विकृत प्रदान गरेको समेत बिज्ञप्ती मार्फत अवगत गराइएको छ । यसैगरी २०७४ चैत्र २२ गतेको नगरपालिकाको कार्यपालिका बैठकबाट समेत बिठ्ठेनामै अस्पताल बनाउनेबारे निर्णय भएको पाइएको छ । तर निर्णय कार्यान्वयन भने अहिले सम्म भएको थिएन ।
त्यसपछि बिहिबार वडा नं १ का स्थानीयहरुले संघर्ष समिति नै गठन गरी बिठ्ठेनामै अस्पताल निर्माण गर्न मागगर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
वडा नं ७ मा रहेको केशरपुर स्वास्थ्य केन्द्र रहेकै ठाउँमा नयाँ बन्न लागेको १५ शैयाको अस्पताल निर्माण गनुपर्ने वडा नं ७ बासीहरुको माग रहेकाले अहिले सम्म विवादित रहदै आएको छ ।
बिहिबार देखि लागेको तालाबन्दी आज सम्मे खुल्न सकेको छैन । यद्यपी तालाबन्दी गर्ने पक्षबीच नगरपालिकाले सम्बाद जारी राखेको छ । नगरपालिकामा तालाब्नदी गरिएपछि सेवा समेत प्रभावित बनेको छ ।