बैतडीका ८४ वटै वडामा भोली गठबन्धनले शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

कात्तिक ५, शनिबार २०७९
बैतडी – बैतडीमा लोकतान्त्रीक बाम गठन्धनले भोली ८४ वटै वडामा शुभकामना आदानप्रदान कार्याक्रमको आयोजना गरेको छ । तिहारको शुभकामना सहित चुनाव केन्द्रित वडास्तरसम्म नै छलफल गर्नेगरी चियापान तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको गठबन्धनले जनाएको छ ।

बाम लोकतान्त्रीक गठबन्धनले यतिबेला चुनाव प्रचार प्रशार कार्यक्रम अन्तरगत कार्यकर्ता भेटघाट गरी रहेको छ । बिभिन्न पालिकामा निर्वाचन परिचालन कमिटि समेगत गठन गरीरहेको छ ।

वडातहसम्मका सबै कार्यकर्तालाई प्रचार प्रशारको कार्यक्रममा सक्रिय गराउन गठबन्धनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.