कात्तिक ६, आइतबार २०७९
बैतडी- बैतडीको मेलौलीमा राष्ट्रिय आरोग्य तथा धनवन्तरी जयन्ती दिवस मनाईएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले स्वस्थ्य पर्यावरण र समुन्नत स्वास्थ्यका लागी आयुर्वेद भन्ने मुल नाराका साथ धन्वन्तरी जयन्ती राष्टिय आरोग्य दिवस मनाएको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसको अवसर पारेर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र को आयोजनामा विभिन्न कार्यक्रम गरी आईतबार धन्वन्तरी जयन्ती एवमर राष्टिय आरोग्य दिवस मनाईएको हो ।
सो अवसरमा धन्वन्तरीको पुजापाठको साथमा आरोग्य प्राप्तिका लागि दैनिक गरिने योग ध्यान नृत्य गर्दे केन्द्रले आरोग्य दिवस मनाईएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त कार्यालय प्रमुख हिकमत बहादुर चन्दले जानकारी दिनुभयो ।वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाईन्छ ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।

Title
Short Description
अहिले नेपाल सरकारले नसर्ने रोगको रोकथाम तथा उपचारका निमित्त आयुर्वेद अन्य उपचार पद्धतीलाई एकीकृत रुपमा सञ्चालन गर्ने निति लिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा पछिल्लो समय आयुर्वेद पद्धतीको उपचारमा आकर्षण बढ्दै गएको छ ।
आजको दिनलाई आयुर्वेदकर्मीहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन । आयुर्वेदिक औषधीको प्रयोगबाट जुनसुकै रोगको उपचार संम्भव हुने चिकित्सकहरुले पनि बताएका छन । रोगको अवस्था हेरेर जडिबुटीको प्रयोग गरि रोग बाट बच्न र बचाउन सकिने केन्द्रले जनाएको छ ।