कांग्रेसले साँझ ५ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्दै

कात्तिक ६, आइतबार २०७९

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको कांग्रेको सचिवालयले जनाएको छ ।

कांग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति सदस्य जीवन परियारका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री निवास वालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी गर्नुभएको हो ।

Leave A Reply

Your email address will not be published.