कात्तिक ६, आइतबार २०७९
बैतडी- बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ जेब्लाखानकी अन्दाजी ४५ बर्षिया लिला देवी बोहराको खर काट्ने क्रममा सलेनी लोटे भिरबाट लडेर शुक्रबार पौनी १२ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनको घटना स्थलमै मृत्यु भएको हो ।