मेलौली नगरपालिकामा लागेको ताला चार दिन पछि खुल्यो


कात्तिक ६, आइतबार २०७९
बैतडी- बैतडीको मेलौली नगरपालिकामा लागेको ताला आईतबार खुलेको छ ।नगर प्रमुख भिम बहादुर चन्द सहित कार्यपालिका सदस्य र तालाबन्दी गर्ने पक्षबीच भएको छलफलमा तालाबन्दी खोल्न सहमती भएको हो ।

नगरपालिकाको तर्फबाट केहि थप निर्णयहरु गनुपर्ने भएकाले आम निर्वाचन पछि कार्यपालिका बैठकमा अस्पताल निर्माणबारे निर्णय गर्ने सहमती जुटेसँगै ताला खुलेको हो ।अबको कार्यपालिका बैठकमा अस्पताल निर्माण गर्ने सम्बन्धिको प्रस्ताव बाहेक अन्य प्रस्ताव नलगिने पनि सहमती जुटेको हो ।


सङ्घीय सरकारले विसं २०७० मा मेलौलीमा १५ शय्याको अस्पताल निर्माणका लागि निर्णय गरे पनि अहिलेसम्म विवादकै कारण बन्न सकेको छैन ।लामो समयदेखी वडा नं १ मा बनाउने वा वडा नं ७ मा बनाउने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.