एबिसी कपको उपाधि आयोजक डिजे वारियर्सलाई

कात्तिक ७, सोमबार २०७९

बैतडी – बैतडीको देहिमाडौंमा सम्पन्न एबिसी टी(१० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डिजे वारियर्सले हात पारेको छ।

सोमबार सम्पन्न उपाधि भिडन्तमा निङ्लाशैनी रेन्जर्सलाई १८ रनले पाखा लगाउदै वारियर्सले उपाधि हात पारेको हो। उपाधिसँगै वारियर्सले २५ हजार र रेन्जर्सले १० हजार रूपैयाँ नगद पुरस्कारमा चित्त बुझायो।

वारियर्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको रेन्जर्सले निर्धारित १० ओभरमा ११८ रन मात्रै बनाउन सक्यो। उसका लागि दिपक बोहराले सर्वाधिक ४२ रन जोडे पनि टोलीलाई जिताउन सकेनन्। वारियर्सका विक्रम पाण्डेयले ३ विकेट हात पारे।

त्यसअघि पहिला ब्याटिङ गरेको वारियर्सले १० ओभरमा ५ विकेट गुमाएर १३६ रन बनाएको थियो। उसका लागि यज्ञराज भट्टले ५७ र भुवन बोहराले ४८ रनको योगदान दिए। रेन्जर्सका समीर बोहराले २ विकेट लिए।

प्रतियोगितामा ९५ रन र ६ विकेट लिएका वारियर्सका भुवन बोहरा म्यान अफ द सिरिज भए। १७० रन बनाएका पञ्चकोटी बी का सुमित बुडाल बेस्ट ब्याट्सम्यान र फुर्के ब्वाइज बीका लागि १० विकेट हात पारेका योगेश भण्डारी बेस्ट बलर चुनिए।

तिहारको उपलक्ष्यमा आशीर्वाद बेकरी एन्ड क्याफेको आयोजनामा कात्तिक १ गते प्रतियोगिता शुरू भएको थियो।

Leave A Reply

Your email address will not be published.