कात्तिक ११,शुक्रबार २०७९
काठमाण्डौ – आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचको खेल रद्द भएको छ । मेलबर्न क्रिकेट मैदानमा वर्षा नरोकिएपछि यी दुईबीचको खेल रद्द भएको हो ।
खेल रद्द भएसँगै दुवै टोलीले एकरएक अङ्क बाँडेका छन् । योसँगै इङ्ग्ल्यान्ड तीन खेलमा तीन अङ्कसहित समूह ु१ु को दोस्रो स्थानमा उक्लिएको छ । तीन खेलमा उति नै अङ्क भएको अस्ट्रेलिया नेट रनरेटको आधारमा चौथो स्थानमा छ ।
यसअघि आज बिहान आयरल्यान्ड र अफगानिस्तानको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।