देउसी भैलोबाट ४१ हजार रकम संकलन


कात्तिक १२, शनिबार २०७९

बैतडी — बैतडी पञ्चेश्वर गाउँपालिका–४ निङ्लाडमा रहेको श्री रायपुर आधारभुत विद्यालयले देउसी भैलो खेलेर ४१ हजार रुपैयाँ संकलन गरेको छ । तिहारको अवसर पारेर विद्यालयले आयोजना गरेको कार्यक्रमबाट उक्त रकम संकलन गरिएको हो ।संकलित रकमबाट विद्यालयले विद्यालयमा नमुना सरस्वती मन्दिर बनाउने र विद्यालयको हितमा रकम खर्च गर्नेे प्रधानाध्याक भरत बहादुर चन्दले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर चन्दले रायपुर आविले देउसी भैलो मार्फत अभिभावकहरुको बिच लगेको उदेश्यलाई जनताले अनुमोदन गरेको बताए । भैलो कार्यक्रमलाई आर्थिक उपलब्धि मात्र नभई समाजमा शैक्षिक अभियानको रुपमा अगाडि बढाएको उहाँको भनाई थियो ।


विद्यालय सञ्चालनमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ देउसी भैलो खेलिएको बताए। उहाँले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.