बैतडीमा एमालेका जिल्ला कमिटी सदस्य माओवादी केन्द्रमा प्रवेश

कात्तिक १३, आइतबार २०७९

बैतडी –प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै नेकपा एमाले बैतडीका जिल्ला कमिटी सदस्य लक्षीराम विकको नेतृत्वमा वडा कमिटी उपाध्यक्षसहित १२ जना नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आईतबार बैतडीको पाटन नगरपालिका–१, सकारमा घरदैलो कार्यक्रममा पुगेका गठबन्धका उम्मेदवार माओवादी केन्द्रका नेता नरेन्द्र कुँवर ९ बिजयसुन्दर० लगायतका नेताले आयोजना गरेको घरदैलो कार्यक्रममा एमाले बैतडीका जिल्ला कमिटी सदस्य लक्षीराम बिक, पाटन नगरपालिका–१, वडा कमिटीका उपाध्यक्ष हजारी बिक, वडा सदस्य शेरसिंह बोहरा, दिलिप लावड, रघुवीर बोहरा लगायतले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

सङ्घीयता , गणतन्त्र र समावेसी माओवादी केन्द्रको संघर्षका कारण प्राप्त भएकाले संविधानको रक्षा गर्न आफूसहित १२ जना नेताले एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको लक्षीराम विकले बताए ।
सगुन खबर ………

Leave A Reply

Your email address will not be published.