बझाङमा एक वडाध्यक्ष पक्राउ

कात्तिक १३, आइतबार २०७९

बझाङ – ज्यान मार्ने उद्योग गरेको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको खप्तडछान्ना गाउँपालिका–५ का वडाध्यक्ष तेजबहादुर खड्का रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० जागेश्वर भण्डारीले जानकारी दिए ।

उनका अनुसार खप्तड छान्ना गाउँपालिका–६ का टेकबहादुर खड्काले ज्यान मार्ने उद्योगमा दिएको किटानी जाहेरीका आधारमा वडाध्यक्ष खड्कालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार ज्यान मार्ने उद्योग गरेको आरोप लागेका अन्य ६ जनाविरुद्ध पनि किटानी जाहेरी परेको छ तर उनीहरु फरार छन् । फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्षसहितको समूहको कुटपिटमा परेका दुई जनाको धनगढीमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.