दिपक राज दिर्घायु
कार्तिक १४ सोमबार,२०७९
बैतडी–शिबनाथ देवालयको जात्रा (शिबनाथकि जाँत) सुरु भएको छ । शिबनाथ गाउपालीका–०६मा अवस्थित शिबनाथ जोतिरलिङ्गं देवालयको जात्रा सुरु भएको हो ।
कार्तिक सप्तमिका दिन रतेडि र अष्टमिका दिन लाग्ने दिउसेडि मेला सुरु भएको मेला ब्यवस्थापन समिति अध्यक्ष पदम सिह धनाडिले बताएका छन ।
मेलामा तल्लो स्वाराड क्षेत्रका तिन पालिका मेलौली नगरपालीक, शिबनाथ गाउपालीका र पञ्चेश्वर गाउपालीकाबाट देउरा आउने गर्छन । यसैगरि पाटन नगरपालीका, दशरथचन्दँ नगरपालीका लगायतका क्षेत्रबाट समेत मेलामा देउरा आउने गरेको उनले बताए ।
मेला हेर्न र देबताको दर्शन गर्न टाढा टाढाबाट दर्शनार्थीहरु आउने गर्दछन । शिबनाथ देवालयको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र सुख शान्ति प्राप्त हुने धार्मिक बिश्वास रहेको छ ।
शिबनाथ देवालयको मन्दिरमा असोज नबरात्रा, चैत नबरात्रा, अषाढको महिनामा अषाढि जात र श्रावण महिनामा मेला तथा पुजा हुने गर्दछ । कार्तिक सप्तमिको समयमा लाग्ने मेलामा रतेडिको राति र दिउसेडिको बिहान गिर हुने गर्दछ ।
मेलामा शिबनाथ गाउपालीका ५ कफाडिका पहरी जाति र ठकुरिहरुको देउरो सगं गिर जाने गर्दछ । गिर उदयदेब माहाराजको मेलामा खौल बाधेको रागाको छालाबाट बनाईने गरिन्छ । गिरलाई धनाडि जाति साउन जातिले मुख्य रुपमा खेल्ने गर्दछ । मेलामा भारतबाट ब्यापारिहर ब्यापार गर्नको लागि समेत पुग्ने गरेका छन ।
मेलालाई सभ्य भब्य र शान्त बनाउनु सबैका आग्रह गरिएको छ । मन्दिर क्षेत्रभित्र मदिरा सेबन बिक्रि बितरण तथा ओसार पोसार गर्न, जुवा तास खेल्न खेलाउन, र अन्य अबैध कृयाकलाप गर्न बन्देज गरिएको मेला ब्यवस्थापन समितिले जनाएको छ ।
मेला ब्यवस्थापन समितिको निणर्यलाई अवज्ञा गरि मेलालाई बिथोल्ने गतिबिधि गरेको पाईएमा कारबाहि गरिने समेत जनाईएको छ ।