मेलौली भगवती मन्दिरको जात्रामा ब्यापार गर्न भारतिय ब्यापारि पुगे

दिपक राज दिर्घायु
कार्तिक १७ बिहीबार,२०७९

बैतडी–मेलौलीमा रहेको प्रशिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लाग्ने मेला ‘देहिजातमा’ ब्यापार गर्न भारतिय ब्यापारि पुगेका छन । हरेक बर्ष ब्यापार गर्न आउने भारतिय ब्यापारिहरु यस बर्ष पनि आएका हुन ।

भारत उत्तर प्रदेशको मधुराका ब्यापारिहरु हरेक बर्ष लाग्ने मेलामा ब्यापार गर्न मेलौली जात्रामा आउने गर्छन । बिशेष गरेर जेरि (जिलेबि), मिठाई, समोसा, पकौडाको ब्यापार गर्न उनिहरु यहा आउने गर्दछन ।

पहिले पहिले यहाका स्थानियहरुले जेरि (जिलेबि) मिठाई बनाउन नजान्ने भएका कारण आफुहरु यहा आउने गरेको भारतिय ब्यापारि रुप किशोरले बताए। तर पछिल्लो समयमा यहाका स्थानियहरुपनि जेरि (जिलेबि) मिठाई बनाउन थालेसगै आफुहरुको ब्यापारमा गिरावट आउन थालेको उनले बताए ।

नेपालीहरुको बानि ब्यबहार र स्वभाब साह्रै मन पर्ने समेत भारतिय ब्यापारिहरुको भनाई रहेको छ । अहिले आएर यहाका मानिसहरुले पनि जेरि (जिलेबि) मिठाई बनाउने काम गर्ने जानेको र गरेको देख्दा मन खुसि हुने गरेको उनिहरुको भनाई रहेको छ ।

यस बर्ष मेलौली जात्रा कार्तिक २१ गते लाग्ने भएको छ। कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस बर्ष कार्तिक २१ गते रतेडि र २२ गते दिउसेडि मेला परेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए ।

देहिजातको रूपमा मानिने मेलौली भगवती मेलामा बलि सहितको भव्य जात्रा लाग्ने गर्दछ । मेलामा सुदूरपश्चिम प्रदेश,कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.