प्रशिद्ध मेलौली जात्राको लागि दुई दिन सार्वजनिक बिदा

दिपक राज दिर्घायु
कार्तिक २० आईतबार,२०७९

बैतडी– प्रशिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लाग्ने मेला जात्रा ‘देहिजात’को लागि दुई दिन सार्वजनिक बिदा दिइएको छ ।

मेलौली नगरपालिकाले आईतबार बार एक सूचना जारी गर्दै कार्तिक २१ र २२ गतेका दिन बिदा दिने निर्णय गरेको हो । मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिरमा बलि सहित भव्य जात्रा लाग्ने गर्दछ ।

बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक बिद्यालय, बैक एवम वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिनुभयो ।

मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गर्छन् । मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।

स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रशिद्ध छ ।

नागरपालीकाद्धारा स्थायिन बिदा सम्बन्धी जारि गरिएको सुचना!

Leave A Reply

Your email address will not be published.