‘देहिजाँत’को अवशरमा नगर–प्रमुख चन्दद्धारा शुभकामना ब्यक्त

दिपक राज दिर्घायु
कार्तिक २० आईतबार,२०७९

बैतडी–मेलौलीमा रहेको प्रशिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लाग्ने मेला ‘देहिजात’ को अवशरमा मेलौली नगरपालीका नगर–प्रमुख भिम बहादुर चन्दले शुभकामना शन्देश ब्यक्त गरेका छन । आईतबार एक सुचना जारि गर्दै उनले शुभकामना शन्देश ब्यक्त गरेका हुन ।

मेलालाई सभ्य भब्य तरिकाले सम्पन्न गर्न सबैमा उनले अनुरोध गरेका छन । मेलामा हुने अपराधिक कृयाकलाको नियन्त्रणको लागि मेला अवधिभर जुवा तास तथा मदिराजन्य बस्तु बिक्रि बितरणका साथै सेवन गर्नमा रोक लगाएको मेलौली धार्मिक सेवा समितिको निर्णयलाई सबैलाई पालना गर्न आग्रह गरेका छन ।

मेलामा सुनगडा, अटा, नौघर, हतरंगा र काणा गाउमा भ्राण (भण्डार) रहेको गाउहरुबाट देउरा आउने गर्दछन । प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ यस बर्ष कार्तिक २१ गते लाग्ने भएको छ।

कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस बर्ष कार्तिक २१ गते रतेडि र २२ गते दिउसेडि मेला लाग्ने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए ।

बलि सहितको भव्य रुपमा लाग्ने जात्रामा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्छन। मेलालाई सभ्य भब्य र शान्तिपुर्बक सम्पन्न गर्न मेला ब्यवस्थापन समिति, मेलौली धार्मिक सेवा समिति र मेलौली नगरपालीकाले अनुरोध गरेको छ।

साथै मेलाको अवशरमा मेलौली नगरपालीकाले नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक बिद्यालय, बैँक एवम वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिनुभयो ।

नगर प्रमुख भिम बहादुर चन्दद्धारा जारि गरिएको शुभकामना शन्देश!

Leave A Reply

Your email address will not be published.