कात्तिक २०, आइतबार २०७९
बैतडी – बैतडीमा अटो दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ आइरहेको सुप प्र ०१–००१ ह ३९८८ नं को अटो मेलौली ३ ठुलाखोलाको भीरमा अनियन्त्रीत भई दुर्घटनामा परेको हो । दुर्घटनामापरी पाटन ६ का चालक दामोदर कुमाल समान्य घाइते भएका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अटो सडकबाट करिब ९ सयमिटर तल खसेको छ भने अटोमा पूर्ण क्षती पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए । पहाडी क्षेत्रमा अटो असुरक्षीत बन्दै गएका छन् ।