दिपक राज दिर्घायु
कार्तिक २१ सोमबार,२०७९
बैतडी–प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने मेला ‘देहिजाँत’को आज पहिलो दिन रतेडि मेला लाग्दै छ । मेलौली नगरपालीका–०१ मा रहेको मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा ‘देहिजात’आजबाट सुरु भएको हो ।
मेलाको आज पहिलो दिन रतेडि र भोली दिउसेडि मेला लाग्ने छ । मेलामा सुनगडा, अटा, नौघर, हतरंगा र काणा गाउमा भ्राण (भण्डार) रहेको गाउहरुबाट देउरा आउने गर्दछन ।
बलि सहितको भव्य रुपमा लाग्ने जात्रामा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्छन। मेलालाई सभ्य भब्य र शान्तिपुर्बक सम्पन्न गर्न मेला ब्यवस्थापन समिति, मेलौली धार्मिक सेवा समिति र मेलौली नगरपालीकाले अनुरोध गरेको छ।
मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।
स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रशिद्ध छ ।
साथै मेलाको अवशरमा मेलौली नगरपालीकाले नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक बिद्यालय, बैँक एवम वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिनुभयो ।
धेरै धेरै धन्यवाद छ दाजु