‘देहिजाँत’को लागि आज र भोली मेलौली नगर क्षेत्रभित्र सार्वजनिक बिदा

दिपक राज दिर्घायु
कार्तिक २१ सोमबार,२०७९

बैतडी–प्रशिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लाग्ने मेला जात्रा ‘देहिजात’को लागि दुई दिन सार्वजनिक बिदा दिइएको छ । मेलौली नगरपालिकाले आईतबार एक सूचना जारी गर्दै आज र भोली बिदा दिने निर्णय गरेको हो ।

आज र भोली दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक बिद्यालय, बैक एवम वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिनुभयो ।

मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिरमा बलि सहित भव्य जात्रा लाग्ने गर्दछ जात्राको आज पहिलो दिन रतेडि मेला भोली दिउसेडि मेला लाग्दै छ ।

नागरपालीकाद्धारा बिदा सम्बन्धी जारि गरिएको सुचना!

Leave A Reply

Your email address will not be published.