दिपक राज दिर्घायु
कार्तिक २२ मंगलबार,२०७९
बैतडी–प्रशिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने मेला ‘देहिजात’को आज दोस्रो दिन दिउसेडि मेला लाग्दै छ । मेलौली नगरपालीका–०१ मा रहेको मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा ‘देहिजात’हिजोबाट सुरु भएको हो ।
मेलाको हिजो पहिलो दिन रतेडि र आज दिउसेडि मेला लाग्ने छ । बलि सहितको भव्य रुपमा लाग्ने जात्रामा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आएका छन ।
मेलामा सुनगडा, अटा, नौघर, हतरंगा र काणा गाउमा भ्राण (भण्डार) रहेको गाउहरुबाट देउरा आएका छन । यि गाउहरुबाट देउरा आएपश्चात दिउसेडि मेला सुरु हुन्छ ।
मेलालाई सभ्य भब्य र शान्तिपुर्बक तरिकाले सम्पन्न गर्न मेला ब्यवस्थापन समिति, मेलौली धार्मिक सेवा समिति र मेलौली नगरपालीकाले अनुरोध गरेको छ।
साथै मेलाको अवशरमा मेलौली नगरपालीकाले नगर क्षेत्रभित्र मेलाको दुईदिन सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक बिद्यालय, बैँक एवम वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिनुभयो ।