दिपक राज दिर्घायु
कार्तिक २३ बुधबार,२०७९
बैतडी–प्रशिद्ध मेलौली भगवति मन्दिरमा यहि कार्तिक २१ र २२ गते लागेको मेलाको आम्दानि बिवरण सार्बजनिक गरिएको छ। मेलौली धार्मिक सेवा समितिले मेला अवधिभर भएको आम्दानि बिवरण सार्बजनिक गरेको हो ।
मेलामा स्या दर्ता बाट २७ हजार ६ सय र ब्यापारी स्टलहरुबाट २ लाख ९२ हजार ७६ रुपैया आम्दानि भएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए । मेलाको कुल आम्दानि ३ लाख १९ हजार ६ सय ७६ रुपैया भएको उनले बताए ।
यसैगरि मेलामा भएको खर्च बिवरण सार्बजनिक गर्न बाकि रहेको छ । केहि दिनमै मेलौली धार्मिक सेवा समितिको बैठक बसि मेलामा भएको खर्च बिवरण सार्बजनिक गरिने जनाईएको छ ।
मेलामा गत बर्षभन्दा यो बर्षको आम्दानी कम भएको छ । गत बर्ष ३ लाख ३५ हजार ९ सय २८ रुपैया भएको थियो । गत बर्षको तुलनमा यो बर्ष १६ हजार २ सय २५ रुपैयाले आम्दानि कम भएको हो ।
मेलालाई सभ्य, भब्य र शान्ति पुर्बक तरिकाले सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रति मेला ब्यवस्थापन समिति र मेलौली धार्मिक सेवा समितिले धन्यबाद ज्ञापन गरेको छ ।