‘देहिजाँत’ सम्पन्न पश्चात मेलौली भगवती मन्दिर परिसरमा सरसफाई

दिपक राज दिर्घायु
कार्तिक २४ बिहीबार,२०७९

बैतडी–प्रशिद्ध मेलौली भगवति मन्दिरमा लागेको मेला ‘देहिजाँत’ सम्पन्न भए पश्चात मन्दिर परिसर(थलो)मा सरसफाई गरिएको छ । सोमबार र मगंलबार लागेको मेलाको समयमा मन्दिर परिसरमा भएको फोहर सफाई गरिएको हो ।

बिहीबार नेपाल प्रहरी, नेपाली सेना, म्यादी प्रहरी, मेलौली नगरपालीका–०१ का जनप्रतिनिधि र मेलौली धार्मिक सेवा समितिका पदाधिकारीहरुले मन्दिर परिसरमा सरसफाई गरेको ईलाका प्रहरी कार्यालय मेलौलीका ईन्चार्ज जनक सिह धामिले बताए ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आएका म्यादी प्रहरी, नेपाली सेना र चौकीमा कार्यरत प्रहरीको टोलीले मन्दिर परिसरमा सरसफाइ गरेको उनले बताए ।

बिशेष गरेर सुरक्षाक्रमिको पहलमा मन्दिर परिसरमा सरसफाई गरिएको प्रति मेलौली धामिले सेवा समितिका अध्यक्ष जगदिश सिह नायकलले धन्यबाद ब्यक्त गरेका छन ।

मेलौली नगरपालीका–०१ मा रहेको प्रशिद्ध मेलौली भगवति मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन ठुलो मेला लाग्ने गर्दछ । बलि सहितको भव्य रुपमा लाग्ने जात्रामा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्दछन ।

2 Comments
  1. Bhim singh Nayak says

    Good job all time

  2. Jaya singh bhat says

    अती राम्रो काम हो यसरी राम्रो कामको सराहना गर्न पाए हम्लाइ नी अती नै खुसी लाग्छ मेला सकिए पश्चात् गर्नु पर्ने महत्त्वपूर्ण कार्य हो keep it up We arr greatful To all the team thanks to all

Leave A Reply

Your email address will not be published.