बैतडीमा भुकम्प आएको बेला भाग्न लाग्दा लडेर एक जनाको मृत्यु

कात्तिक २७,आइतबार २०७९

बैतडी- बैतडीमा शनिबार राती ८ बजेर १२ मिनेट जादा आएको भुकम्पका कारण घर बाहिर भाग्न लाग्दा लडेर एक जनाको मृत्यु भएको छ । भुकम्पको धक्का महसूस भएका बेला घरबाहिर निस्किदा घरको सिडिबाट लडेर डिलासैनी १ सेल्तडाका ६६ वर्षीय हरि लुहारको मृत्यु भएको हो ।

भुकम्पको धक्का महसूस भएकै बेला आत्तिएर घर बाहिर निस्किन खोज्दा लडेर उनको मृत्यु भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए ।

मृतक लुहारको टाउकोमा चोट लागेको छ । गम्भिर घाइते भएका उनलेको अस्पताल लैजाने तयारी गर्नै लाग्दा मृत्यु भएको परिवारश्रोतले जनाएको छ ।
गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरा लगायतको टोली मृतकको घरमै पुगेर मृतकका परिवारलाई २० हजार किरिया खर्च हस्तान्तरण गरिएको छ । यस्तै नेपाल रेडक्रस सोसाइटी, स्काउट लगायतका संघसंस्थाहरुले मृतकका परिवारलाई केही खाद्यान्न सामग्री सहयोग गरेको पनि बताइएको छ ।

शनिबार राती ८ बजेर १२ मिनेट जादा बैतडीसहित सुदूरपश्चिममा हिजो ठुलो धक्का महसूस गरिएको थियो । बझाङको पाटादेवल केन्द्रबिन्दु भएर ५।४ म्याग्नुच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.