प्रशिद्ध धुरा मेलाको अवशमा आज पञ्चेश्वर गाउँपालिकामा सार्वजनिक बिदा

मेलौली न्यूज
कार्तिक २९ मंगलबार,२०७९

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले वडा नं ४ आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा लाग्ने मेलाका लागि आज सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाले हिजो एक सूचना जारी गरेर आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा लाग्ने मेलाका लागि कार्तिक २९ गते सार्वजनिक बिदा दिएको जनाएको छ । बिदाको दिन गाउँपालिका भित्रका सरकारी तथा गैर सरकारी संघ संस्था, शिक्षण संस्थामा बिदा दिइएको पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज जोशीले बताए ।

आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा भव्य जात्रा लाग्ने गरेको स्थानीयहरुले बताए । सोमबार राती रतेडी मेला लागेको र आज दिउसेडी मेला लाग्ने बताइएको छ । प्रसिद्ध कैलपाल धुरामा टाढा टाढाका नागरिकहरु पनि मेला भर्न आउने गरेका छन।

Leave A Reply

Your email address will not be published.