सर्त सहित सरकारमा सहभागी हुन तयार नागरिक उन्मुक्ति पार्टी

रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने...

मेलौली न्यूज
मंसिर २३ शुक्रबार,२०७९

काठमाण्डौ – नागरिक उन्मुक्ति पार्टीले सर्तसहित सरकारमा सहभागी हुने बताएको छ । आज शुक्रवार दिउँसो काठमाण्डौमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।

पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भइ राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिनुभयो ।

पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा प्रत्यक्षतर्फ तीन सिटमा विजय हासिल गरेको छ।

Leave A Reply

Your email address will not be published.