सुदुरपश्चिम प्रदेशबाट संघमा ५ जना समानुपातिक सांसद बने

मंसिर २५, २०७९

धनगढी -समानुपातिक तर्फ सुदूरपश्चिम सबै दलबाट ५ जना सांसद हुने भएका छन् । निर्बाचन आयोगलाई शनिबार दलहरुले अन्तिम नाम पठाएका छन् ।

जस अनुसार कांग्रेसले ३ जनालाई समानुपातिक सांसद बनाएको छ । त्यस्तै एमाले र माओवादी केन्द्रले १ -१ जनालाई सांसद बनाएका छन् ।काङ्ग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा र ईश्वरी न्यौपानेले समानुपातिक तर्फबाट सांसद बन्ने अवसर पाइन ।

देउवा डडेल्धुरा र न्यौपाने कैलालीबाट सिफारिस भएका थिए । बाजुराका महासनाइ नेपालीलाई पनि कांग्रेसले समानुपातिक तर्फबाट समेटेको छ । 

माओवादी केन्द्रले कैलालीकै रुपा सोसी चौधरीलाई र एमालेले बाजुराका दयाल बहादुर शाहीलाई बनाएको छ । राष्ट्रिय दल बनेका सात पार्टी मध्ये सुदूरपश्चिमबाट समानुपातिक माध्यमबाट तीन पार्टीका ५ जना मात्रै सांसद भए ।

देशभर सत्तारुढ दल नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, जनता समाजवादी पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनमत पार्टीले ५ जना समानुपातिक सांसद पाएको थियो।

Leave A Reply

Your email address will not be published.