पञ्चेश्वर गाउपालीकामा ९० प्रतिशत खानेपानी योजना सम्पन्न

दिपक राज दिर्घायु
जेठ २३ सोमबार,२०७८

बैतडी–पञ्चेश्वर गाउपालीकामा ९० प्रतिशत खानेपानी योजनाका काम सम्पन्न भएका छन। ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजनाको सहकार्यमा खानेपानी योजनाहरुको काम ९० प्रतिशतले सम्पन्न भएको गाउपालीका अध्यक्ष गोरख बहादुर चन्दले बताए

शनिबार खानेपानी योजनाहरुको अन्तिम अनुगमन गर्दै उद्घाटन गरिएको जनाईएको छ। कोरोना कहरका कारण सिमित ब्यक्तिहरु उपस्थित भई सम्पन्न गरिएका खानेपानी योजनाहरुको उद्घाटन गरिएको हो।

पञ्चेश्वरमा ९० प्रतिशत खानेपानी योजना सम्पन्न भएसगै हजारै हजारौ उपभोक्ताहरु लाभान्वित भएको गाउपालीका अध्यक्ष चन्दँले बताएका हुन।

बिजुल खानेपानी योजना रोडिदेवलको एक करोड ८४ लाखँ लगानिमा, मङ्गललेक खानेपानी योजना रोडिदेवल लेकको एक करोड १४ लाखँ, काठेखोला खानेपानी योजना नेटा मसनेडा गिरेगडाको एक करोड ६ लाखँ र शैलोडा खानेपानी योजना आमचौराको एक करोड ९ लाख लागतमा खानेपनाी योजना सम्पन्न गरिएको उनले बताएका हुन।

खानेपानी योजना पुगैसगै गाउपालीका अध्यक्ष चन्दँले उपभोक्ता समितिहरु, ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजनाको सिङ्घो टिम, सम्पूर्ण जनप्रतिनिधिहरु र सबै पञ्चेश्वर गाउपालीका बासिहरुमा धन्यबाद ज्ञापन गर्नु भएको छ।

Leave A Reply

Your email address will not be published.