मेलौलीको कोटिगाउमा पुस महिनामै काफल पाक्यो

दिपक राज दिर्घायु
पुस ०६ बुधबार,२०७९

बैतडी-मेलौली नगरपालीका–०८ कोटिगाउ बसन्तपुर लेकमा पुस महिनामै लटरम्म काफल पाकेको छ। करिब ३ सय बर्ष पुरानो काफलको रुखमा यस बर्ष पुस महिनामै लटरम्म काफल पाकेको स्थानीय बिरुवा राम लुहारले बताए।

कोटिगाउका दुई तिन ठाउमा काफलका रुखहरु भएपनि लेक टोलको नजिकै रहेको काफलको रुखै भरि काफल पाकेको उनले बताए। प्राय चैत बैसाख महिनामा पाक्ने काफल यस बर्ष मंसिरको अन्ततिर र पुस महिनाको सुरु मै पाकेको हो।

आफ्नो बुवा बाजे भन्दा चार पाच पुस्ता पुरानो काफल कोटिगाउको प्रशिद्ध काफल रहेको शिक्षक एवम स्थानिय सस्कृतिका जानकार समेत रहेका लुहारले बताए। बिगतका बर्षहरुमा कोटिगाउका अधिकाशं बासिन्द लेक टोलको काफल खान पुग्ने गरेको समेत उनले बताए।

सायद काफल पाक्ने समय भन्दा अघि नै पाकेको कारणले रातो भएको काफल चैत बैसाखको जस्तो स्वादिष्ट नभई अमिलो भईरहेको उनले बताए।

काफल जंगली फल हो । यो फल अमिलो, गुलियो एवं रसिलो हुने गर्दछ। कानको रोग, आखाको रोग, अनियमित मासिक स्राब, ज्वारो आएमा, घाटिको समस्या भएमा दम बढेमा, मधुमेह भएमा, खानामा अरुचि भएमा र रगतको कमि भएमा काफलको सेवन उपयोगि मानिन्छ। यो फल खानाले मुठु लगायत क्यान्सर रोगको कम हुने बताईन्छ।

Leave A Reply

Your email address will not be published.