बैतडी : माया हत्याका अभियुक्त भरतराम कोली पुर्पक्षका लागि कारागार चलान

पुस १०, २०७९

बैतडी जिल्ला अदालत बैतडीले पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी माया लुहार हत्याका अभियुक्त भरतराम कोलीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।पौष ६ गते अभियुक्त कोलीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । प्रहरीले प्रहरीले आफ्नो अनुसन्धान सकेर पौष ५ गते सरकारी वकिल कार्यालयमा मुद्दा बुझाएको र कोलीलाई पौष ६ गते नै पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । 

२१ बर्षीया लुहारको सशस्त्र प्रहरीका जवान समेत रहेका कोलीले मंसिर १३ गते चक्कुले घाँटी रेटेर हत्या गरेका थिए । शिवनाथ ४ सोलपाला घर भएका कोलीले मृतक लुहारकी भदै १५ बर्षीया नेहा लुहारलाई घाइते बनाएका थिए ।
 
घटना लगत्तै फरार रहेका कोलीलाई मंसिर १८गते महेन्द्रनगरबाट पक्राउ गरिएको थियो । उनले माया लुहारको हत्या गरेको स्वीकार गरेका थिए । उनीमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो । 

Leave A Reply

Your email address will not be published.