अस्पताल निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै नगरपालिकालाई पत्र

पुस ११, २०७९
बैतडी-  बैतडीको मेलौली नगरपालिकामा बन्ने भनिएको १५ शैयाको अस्पताल निर्माण प्रक्रिया अघि बढाउन मेलौली १ का स्थानीयहरुले माग गरेका छन् । वडा नं १ का स्थानीयहरुले स्वास्थ्य मन्त्रालयले जारी गरेका परिपत्र कार्यान्वयन गर्नुपर्ने र नगरपालिकामा लागेको तालाबन्दी खोल्नुपर्ने माग राखेका छन् । बिट्ठेनामा भएको डिपिआर र त्यसपछि स्वास्थ्य मन्त्रालयले पनि टेण्डर आह्वान गर्न परिपत्र जारी गरेको थियो । सोहि परिपत्र कार्यान्वयन गर्न र नगरपालिकामा लागेको ताला खोल्न अनुरोध गर्दै मेलौली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीलाई पत्र पेश गरेका हुन् ।
वडा नं ७ मा रहेको केशरपुर स्वास्थ्य केन्द्रमा अस्पताल निर्माण हुनुपर्ने माग राख्दै आएका वडा नं ७ बासीले गत मंगलबार तालाबन्दी गरेका थिए ।

Leave A Reply

Your email address will not be published.