भण्डारी मन्त्री बनेको खुशीयालीमा बैतडीमा दीप प्रज्वलन

पुस ११, २०७९
बैतडी- बैतडीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य दामोदर भण्डारी नयाँ गठन भएको सरकारमा मन्त्रीको सपथ ग्रहण गरेपछि सदरमुकाममा दिपप्रज्वलन गरीएको छ। नेकपा एमाले र नेकपा माओवादीका नेता कार्यर्ताको उपस्थीतीमा जिल्ला प्रशासन कार्यालय अगाडी सहिद दशरथचन्दको सालिक नजिक दिप प्रज्वलन गरि उत्सव मनाइएको नेकपा एमाले जिल्ला कमिती उपसचिव सरस्वती नेपालीले जानकारी दिइन् ।नवनियुक्त मन्त्री भण्डारी बैतडीबाट तेस्रो पटक निर्वाचित हुदै मन्त्री बनेका हुन् । उनी २०७० ,०७४ र ०७९ को निर्वाचनमा निर्वाचित भएका हुन् ।

Leave A Reply

Your email address will not be published.