- दिपक राज दिर्घायु
पुस १३ बुधबार,२०७९
बैतडी-मेलौली नगरपालीका–०८ कोटिगाँउमा राईजीङ एट सोसाईटी नामक संस्था गठन गरिएको छ। बुधबार शम्भु सिह बिष्टको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरिएको हो।
संस्थाको उपाध्यक्षमा प्रकाश राम लुहार, माहा–सचिबमा गोरख सिह बिष्ट, सचिबमा अनिल राम लुहार, कोषाध्यक्षमा जगदिश सिह ठगुन्ना, सदस्यमा राहुल सिह बिष्ट, दिपक राम लुहार, मिन सिह ठगुन्ना र तपेन्द्र सिह बिष्टलाई चयन गरिएको छ।
संस्थाले समाजिक कार्य गर्ने अध्यक्ष बिष्टले बताए। वडा, नगरपालीका र अन्य सरोकारवाला निकायसगं सहकार्य र समुन्वय गरि समाजमा सकारात्मक परिवर्तन गर्ने उदेश्य लिएको उनले बताए।
संस्थाले समाजमा पछाडि पारिएका समुदायको अधिकार स्थापनाको पक्षमा काम गर्ने, गरिब, दलित, महिला, मुक्त हलिया कमैया ब्यक्तिहरुको पक्षमा आवाज उठाउने, समाजमा सुशासन कायम गर्ने, पर्यटन बिकासमा सचेतिकरण गर्ने, धार्मिक, सस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका पर्यटकिय क्षेत्रको बिकास गर्ने, समाजमा रहेका कुरिति, कुसस्कार र समाजिक अपराध न्यूनिकरणमा काम गर्ने जनाइएको छ।
संस्थाले आफ्नो बिधि बिधान अनुसार काम कारवाहि गर्ने समेत जनाइएको छ। संस्थाको पहिलो बैठकले बिहीबार वडा कार्यालयमा र आईतबार मेलौली नगरपालीकामा संस्थालाई दर्ता गर्ने, खाता सञ्चालन गर्ने, सदस्यता बितरण गर्ने, छाप कटाउने निणर्य पारित गरेको छ।
संस्थालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सबैको साथ सहयोग आवश्यक रहेका जनार्ईएको छ।




