नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशनपूर्व वार्षिक समीक्षा सम्पन्न

पुस १४, २०७९
बैतडी –  नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२३ का लागि जिल्ला मा अभिलेख गरिएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १३ गते बैतडीमा सम्पन्न भएको छ ।
सन् २०२२ को जनवरी देखि डिसेम्बर सम्मको अवधिमा अभिलेखीकरण गरिएका ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको समीक्षा गरिएको हो ।
जिल्लामा संकलित ६२ ओटा घटनामध्ये घरेलु हिंसाका २२ ओटा, हत्याका ६, बलात्कार र यौन दुव्र्यहारका १७, बहु विवाहका तीन, कुटपिटका दुई, झडप तथा कुटपिटका १ घटनाहरुको तथ्यांक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपस्थित जिल्ला अदालत बैतडीका न्यायधीष जयानन्दपनेरु ले इन्सेकले प्रकाशन गर्दै आएको वर्ष पुस्तकले मानवअधिकार उलंघन र ज्याजतीगर्नु हुदैन भन्ने सन्देश दिने गरेको बताउनुभयो। उहाँका अनुसार इन्सेकले सरकारी कार्यालयको तथ्याङ्कमा उल्लेख भए बाहेकका घटना वर्ष पुस्तकमा समावेस गर्दा अझै प्रभावकारी हुन्छ ।उहाँले भन्नुभयो ‘सरकारी कार्यालयका तथ्याङ्क भन्दा पनिआर्थिक समाजिक तथा साँस्कृतिक अधिकारका घटनाहरुलाई वर्ष पुस्तकमा समावेस गर्नु राम्रो हुन्छ ।’
नेपालबार एसोसिएसन बैतडीका अध्यक्ष अधिवक्ता हरी भट्टले पनि इन्सेकले अनौपचारिक रुपमा सरकारी डाटा भन्दापनि ग्रामिण क्षेत्रको समस्यालाई उठाउनुपर्ने बताउनुभयो ।
द्वन्द्वकालमा इन्सेकको महत्वपुर्ण भुमिका स्मरण गराउदै अधिकारकर्मी कर्ण दयालले इन्सेक पछिल्लो समय आफ्नो अध्ययन भन्दा पनि सरकारी तथ्याङ्कमामात्रै केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘इन्सेक द्वन्द्वकालको जस्तौ सक्रिय र प्रभावकारी मानव अधिकारवादी संस्था हुनुप¥यो ।’


कार्यक्रममा उपस्थित नागरिक समाजका प्रतिनिधि, अधिकारकर्मि, पत्रकार एवं अन्य सरोकारवालाहरुले पनि इन्सेकले ग्रामिण क्षेत्रको समस्या र विषेश गरी मौलिकहकको कार्यान्वयनको अवस्थामा केन्द्रीत हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा न्यायधीष, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सरकारी वकील कार्यालय, राष्ट्रिय अनुसन्धान, नेपालबार एसोसिएसन, गैर सरकारी संस्था महासंघका प्रमखु एवं प्रतिनिधि साथै अन्य अधिकारकर्मि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.