पुस १५, २०७९
बैतडी – बैतडीका पाटन नगरपालिका ८ का बालबालिकालाई आर्थिक सहयोग गरिएको छ । पाटन नगरपालिका ८ जुकेपानीकी लालु बिक र लक्ष्मी बिकलाई पाँच÷पाँच हजार रुपैयाका दरले आर्थिक सहयोग गरिएको हो । युनिसेफको आर्थिक सहयोग र बास नेपालको प्राबिधिक सहयोगमा सञ्चालीत बाल संरक्षण परियोजना अन्तरगत आर्थिक सहयोग गरिएका बास नेपालकी कोबो रिर्पोटर भूबि बष्टले बताइन् । पाटन ८ का वडा अध्यक्ष हरिश बिष्टद्धारा आर्थिक सहयोग हस्तान्त्रण गरिएको उनले बताइन् ।