बैतडीको पाटन नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्दै

नियमानुसार काम गर्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई निर्देशन

पुस १५, २०७९

बैतडी – बैतडीको पाटन नगरपालिकाले सम्बन्धीत वडा कार्यालयमै गएर योजनाको सम्झौता गर्ने गरेको छ । बुधबार पाटन नगरपालिका १० मा कार्यान्वयन हुने योजनाको सम्झौता गरेको हो ।

पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहरा, निमित्त पमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रशाद भट्ट, योजना साखाका प्राबिधिक सहित कर्मचारीहरु वडामै पुगेर योजनाको सम्झौता गरिएको पाटन नगरपालिकाले जनाएको छ । नगरपालिकामै गएर योजनाको सम्झौता गर्न सेवाग्राहीलाई झन्जटीलो हुने भएकाले सम्बन्धित वडामै यो सेवा दिइएको जनाइएको छ ।

नगरपालिकले उपभोक्ता समितिमा महिलालाई प्राथमिकता दिने घाषणा गरे अनुरुप महिलाहरुलाई अध्यक्षमा चयन गरिएको पनि उपप्रमुख कमल सिंह बोहराले बताए । योजनाको कार्यान्वयन गर्दा गुणस्तरमा ध्यान दिन र नियमानुसार काम गर्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई निर्देशन समेत दिइएको छ ।

अब यहि पुस १९ गते वडा नं ८ का योजनाहरुको सम्झौता गरिने छ । वडा कार्यालय खोडपे मै वडामा कार्यान्वयन हुने सबै योजनाको सम्झौता गरिने वडा अध्यक्ष एवं पाटन नगरपालिकाका समाजिक विकास समिति संयोजक हरिश बिष्टले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.