पुस १५, २०७९
धनगढी कैलालीको धनगढी बसपार्कबाट ब्राउन सुगर सहित २ जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका फुलवारी बस्ने २५ वर्षीय प्रताप ओखेडा र २५ वर्षीय मनोज बिक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
शनिबार बिहान धनगढी उपमहानगरपालिका ४ बसपार्क स्थित चौराहबाट क्याम्पस चोक तर्फ जादै गरेको से ५ प ९३७१ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा ब्राउन सुगर सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले चालकको खल्तीमा रहको ब्लु बुकको कवर भित्र सेतो प्लाष्टिकले बेरिएको एक पोका ४१० मिलिग्राम ब्राउन सुगर फेला परेको बताए। दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको डीएसपी जोशीले बताए।