बैतडीमा १६ वर्षीय बालक ३ दिनदेखि बेपत्ता 

पुस १६, २०७९

बैतडी – बैतडीमा १६ वर्षीय एक बालक ३ दिनदेखि बेपत्ता भएका छन् । दशरथचन्द नगरपालिका २ तलकट्टेका १६ बर्षीय अनमोल रावत यहि पुस १३ गतेदेखि बेपत्ता छन् । 
दरथचन्द नगरपालिका १ को मुणापमा रहेको मामाघरमा बस्दै रावत केहिदिा पहिले तलकट्टेनै आएका थिए । उनि १३ गतेदेखि भने बेपत्ता भएको उनका अजुरबुवा राम सिंह भाटले बताए । उनका आमाबुवा रोजगारीको सिलसिलामा बाहिर छन् ।
रावत मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत छन् । कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन वा ९८४८७७१९५८ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ । 

Leave A Reply

Your email address will not be published.