मेलौलीमा निमार्ण हुन लागेको लिफ्टिङ खानेपानी योजना : चैत्र मसान्तसम्म सम्पन्न हुने

  • मेलौली न्यूज 
    पुस १६ शनिबार,२०७९ 

बैतडी-मेलौलीमा निर्माण हुन लागेको बृहत खानेपानी योजना यहि चैत्र मसान्तसम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ। गत वर्ष नै सम्पन्न गरिसक्नु पर्ने भएपनि बिभिद कारणले ढिलाइ भएको मेलौली लिफ्टिङ खानेपानी तथा सरसफाइ योजना उपभोक्ता समितिका सचिव दशरथ नायकले जानकारी दिए। साखा लाइन बिस्तारको काम अन्तिम चरणमा पुगेको उनले बताए।

आर्थिक वर्ष २०७४/०७५ देखि खानेपानी निर्माणको काम भएको थियो। करिब साढे तीन सय धाराहरुमा खानेपानी सञ्चालन गर्ने लक्ष अनुरुपा काम गर्न निर्देशन दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्ण दत्त बोगटीले जानकारी दिए।

बस्तीमाथी खानेपानकिा मुहान नभएका क्षेत्रमा सोलार लिफ्टिङमाफर्त खानेपानी परिपुर्ती गर्न लागिएको पनि उनले बताए। बैतडीमा १६ वटा लिफ्टिङ खानेपानीका योजनाहरु कार्यान्वयनको चरणमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.