कैलालीको गौरीगंगामा हाइस दुर्घटना, एक जनाको मृत्यु, १८ जना घाइते

पुस १६, २०७९

धनगढी- कैलालीको गौरिगंगामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनवेहडामा हाइस दुर्घटना भएको हो। कञ्चनपुरको महेन्द्रनगरबाट लम्कीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हाइस दुर्घटनामा परेको थियो। दुर्घटनामा लम्की–चुहा नगरपालीका वडा नम्बर १ की ७३ बर्षिया कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनाका घाइतेहरुलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। घाइतेहरुको पहिचान खुल्न बाँकी छ।दिनेश खवर

Leave A Reply

Your email address will not be published.