- दिपक राज दिर्घायु
पुस १६ शनिबार,२०७९
बैतडी-मेलौली नगरपालीका–०८ कोटिगाँउका अध्यक्ष तपेन्द्र सिह बिष्टले योजनाहरुको सम्झौता प्रकृया वडा कार्यालयबाटै गर्ने ब्यवस्था मिलाईदिन माग गरेका छन। मेलौली नगरपालीकाको नेतृत्वसँग अध्यक्ष बिष्टले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै माग गरेका हुन।
स-साना योजनाहरुको सम्झौता गर्न सेवाग्राहिहरुले पालिकामा सास्ती खेप्नुपर्ने अवस्थाको अन्त्य गर्न वडा कार्यालयमानै योजनाहरुको सम्झौता गर्न आवश्यक पहल चालिदिन आग्रह गरेका हुन।
नगरपालिकामै गएर योजनाको सम्झौता गर्न सेवाग्राहीलाई झन्जटीलो हुने समस्याको अन्त्यका लागि वडा अध्यक्षको माग जायज भएको सबैले प्रतिकृया दिएका छन ।
यसैगरि बैतडीको पाटन नगरपालीकाले पनि सम्बन्धीत वडा कार्यालयमै गएर योजनाको सम्झौता गर्ने निणर्य गरेको छ।
सहि पहल चाल्नु भयो