सुदूरपश्चिममा माओवादी संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत

पुस १७, २०७९

काठमाडौं -नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराज भट्ट सर्वसम्मत चयन हुनुभएको छ ।

आज प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भट्टलाई सर्वसम्मत चयन गरेको हो । पुस्तान्तरणको माग गर्दै दलको नेतामा दाबी गर्नुभएका ओमबिक्रम भाटले अन्तिम समयमा भने भट्टलाई समर्थन गर्नुभएको हो ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठकले पनि दलको नेतामा भट्टलाई नै सर्वसम्मत चयन गर्न उपयुक्त हुने सुझाव दिएको थियो ।

Leave A Reply

Your email address will not be published.