पुस १९, २०७९
बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीमा सेवा प्रवाहमा टाइमकार्ड लागु हुने भएको छ । प्रशासन कार्यालयमा सोमबार बसेको स्टाफ मिटिङबाट मंगलबारबाट लागु हुनेगरी टाइमकार्ड लागु गरिने निर्णय गरिएको हो ।
सेवाग्राहीको उच्च चाप, न्युन जनसक्ती, कमजोर पुर्वाधार लगायतका अनेक चुनौतीहरुको बावजुत कार्यान्वयनमा ल्याउन खोजिएको उक्त परिक्षणान हाललाई पूर्ण कागजात सहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई सेवा दिन प्रतिबद्धता समेत जनाइएको छ । सेवाग्राहीले समेत केहि नियम पालना गर्नुपर्ने छ । नागरिकता, राहादानी लगायतका जुन सेवा लिदा पनि प्रयाप्त र पूर्ण सक्कल कागजातसहित आउनु पर्नेछ ।
सेवाग्राहीलाई कागजातप्रति द्धिबिधा भएको अवस्थामा कार्यालयका सूचना अधिकारी, तथा प्रमुख जिल्ला अधिकारीसमक्ष सम्पर्क गरि सुनिश्चितत गर्नुपर्ने छ । कार्यालयमा पुगिसेकपछि कार्यालयको नागरिक सहायता कक्षमा पूर्ण कागजातको रुजु गराई टोकन लिएर मात्रै सम्बन्धित साखामा प्रस्थान गर्नुपर्ने छ । कागजात रुजु गरेर टोकन लिएको एक घण्टाभित्रै सेवा प्रवाह गरिने छ ।
सोमबार गृहमन्त्री रबी लामीछानेले पनि देशभरीका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकबाट टाइमकार्ड लागु गर्न निर्देशन दिएका थिए ।