मेलौली न्यूज
पुस १९ मंगलबार,२०७९
बैतडी-पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी माया लुहारको परिवारलाई गाउँपालिकाको तर्फबाट आर्थिक सहयोग गरिएको छ। गाउँपालिका उपाध्यक्ष बिना भट्टल मृतक माया लुहारको परिवारलाई २ लाख ५० हजार रुपैयाको चेक हस्तान्त्रण गर्नु भएको हो।
यसअघि पनि घाइते भएकी नेहाको उपचार खर्च बाफत ५० हजार आर्थिक सहयोग गरेको थियो। त्यसैगरी गाउँपालिका उपाध्यक्ष बिना भट्ट, केहि वडा अध्यक्ष र कर्मचारीहरुले व्याक्तिगत तर्फबाट ६३ हजार रुपैया समेत पिडित परिवारलाई हस्तान्त्रण गरिएको बताइन्।
सशस्त्र प्रहरी समेत रहेका शिवनाथ गाउँपालिका ४ का भरतराम कोलीले माया लुहारको हत्या गरेका थिए भने नेहा लुहारलाई घाटीमा चक्कु प्रहार गरी गम्भिर घाइते बनाएका थिए। उनलाई पुर्वक्षका लागि कारागार चलान गरिएको छ।