- दिपक राज दिर्घायु
पुस २० बुधबार,२०७९
बैतडी-मेलौली नगरपालीका-०८ कोटिगाँउमा रहेको गंगेश्वर देबताको मन्दिरका लागि एकथान सडक बत्ति र एक थान सानो सोलार उपलब्ध भएको छ। कोटिगाँउ घर भई हाल भारतको बेङ्लोरमा बस्दै आउनु भएका रमेश सिह ठगुन्नाले एकथान सडक बत्ति र सोलार प्रदान गरेका हुन।
हिन्दु धर्मका आराध्यदेव शिवरुपी देबता गंगेश्वर मन्दिरमा उज्यालो तथा अन्य भित्री ब्यवस्थापन गर्न आर्थिक सहयोग संकलन अभियानमा सञ्चालन गरिएको छ । सोहि अभियान अन्तरगत ठगुन्नाले करिब ९३ हजार बराबरको सडक बत्ति र सोलार प्रदान गरेको गंगेश्वर देबताका मुुखिया शम्भु सिह बिष्टले बताए।
मन्दिरका लागि उपलब्ध भएको सडक बत्ति र सोलार मन्दिरमा जडान समेत भैसकेको देबताका मुुखिया बिष्टले बताए। मन्दिरलाई सडक बत्ति र सोलार प्रदान गरेकोमा मन्दिर ब्यवस्थापन समिति र स्थानियहरुले ठगुन्नालाई धन्यबाद ज्ञापन गरेका छन।
केहि महिना अगाढीदेखि सामाजिक सञ्जाल फेसबुक मार्फत गंगेश्वर मन्दिरमा सोलार जडान तथा अन्य ब्यवस्थापनका लागि आर्थिक सकंलन अभियान सुरु गरिएको थियो। अभियान हालपनि सञ्चालनमा रहेको छ। जुन अभियानको सोहि देबताका मुखिया शम्भु सिह बिष्टले प्रतिनिधित्व गरि रहेका छन।
आर्थिक सहयोग संकलन अभियान अन्तरगत हालसम्म २ लाख १६ हजार नगद र ९३ हजार बराबरको समान देश बिदेशबाट उपलब्ध भएको जनाईएको छ। प्राप्त भएको रुपैयाबाट मन्दिरका लागि सोलार खरिद सगै आवश्यक भाडाकुडा, सत्संग सामग्री खरीद र अन्य ब्यवस्थापनमा खर्च गरिने छ।
गगेश्वर देबताको मन्दिरमा बर्षको बिभिन्न समयमा मेला पनि लाग्ने गर्दछन । बैसाखमा न्वागि पुजाको दिन मेला लाग्ने गर्दछ । त्यस्तै भदौमा सक्रान्तिका दिन पनि वल्के न्वागि चडाउने चलन रहेको छ । असौज र चैत्र महिनामा नवरात्री सुरु भए देखि नबरात्री भर पुजा आराधना, कार्तिकमा कत्क्या होम पनि गरिन्छ । पुस महिनामा गगेश्वरकि जाँत (डङामाईकि जात) हुने गर्दछ र साउन महिनामा १५ दिन सम्म बत्ति बाल्ने धार्मिक प्रचलन पनि रहि आएको छ।


