पुस २१, २०७९
बैतडी – जिल्लाका एकजना युवकको भारतको पिथौरागढमा मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका ५ दहतोलीका १९ वर्षीय सुनिल बोहराको मृत्यु भएको उनका मामा धनबहादुर बोहराले बताए। गत एक वर्षदेखि पिथौरागढमा जेसीबी अपरेटरको रुपमा काम गर्दै आएका बोहराको बुधबार मृत्यु भएको हो।
जेसीबी दुर्घटना भएर हो वा च्यापिएर मृत्यु भएको हो भन्ने कुरा अझै खुल्न नसकेको बताइएको छ। बैतडी प्रहरीले भने घटना सम्बन्धमा आधिकारीक जानकारी नआएको जनाएको छ।