भरतपुर माबिको प्रधानाध्यापकमा ओझा चयन

  • दिपक राज दिर्घायु  
    पुस २१ बिहीबार,२०७९ 

बैतडी-मेलौली नगरपालीका-०७ गाउँकोटमा रहेको भरतपुर माध्यमिक बिद्यालयको नयाँ प्रधानाध्यापकमा केशब राज ओझा चयन भएका छन। बुधबार बसेको बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक सघंंको आमभेलाले ओझालाई प्रधानाध्यापकमा चयन गरेको हो।

बिगत १९ बर्षदेखि सोहि बिद्यालयमा पठन पाठन गराउदै आएका शिक्षक ओझालाई प्रधानाध्यापकमा चयन गरिएको स्थानिय बिरेन्द्र बहादुर चन्दले बताए। पहिला उदयदेब माबि कफाडिमा अध्यापन गराउदै आएका ओझा बिःस २०६० सालदेखि भरतपुरमा माबिमा कार्यरत रहेका छन।

केहि दिन अगाडि मात्रै राज बहादुर चन्दको अध्यक्षतामा सोहि बिद्यालयको नयाँ बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको थियो। नया बिद्यायल ब्यवस्थापन समिति गठन र नया प्रधानाध्यापक चयन गरिए सगै बिद्यालयको चौतर्फि बिकासमा टेवा पुुग्ने र शैक्षिक गुणस्तर अझ बलियो हुनेमा सम्पूर्ण अभिभावक आशाबादी रहेका छन।

Leave A Reply

Your email address will not be published.